जेनजी आन्दोलनलक्षित ओलीको टिप्पणी–हिंसा परिवर्तनको साधन हुन सक्दैन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते २०:४४
Image of https://mayorsap.com/storage/photos/shares/rs-ktm-rss-27-ratl7944.JPG

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्ध समय परिवर्तनको साधन हुन नसक्ने बताएका छन् ।  शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले जेनजी आन्दोलनलक्षित गर्दै हिंसाबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका हुन् ।

ओलीले भने, ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौं । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ । हामी भन्छौं अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौं ।’

विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्दा नै आफूहरूमाथि प्रहार भएको उनको भनाइ छ ।

 

 


Facebook Comments