इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या हजार नाग्यो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते २०:४४
Image of https://mayorsap.com/storage/photos/shares/badi7.jpg

एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले ज्यान गुमाउनेकाे सङ्ख्या हजार नाघेकाे र २१८ जना अझै बेपत्ता रहेको  जनाएको छ । एजेन्सिका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ ।

 बिएनपिबीको तथ्याङ्क अनुसार करिब एक हजार २०० सार्वजनिक सुविधाहरूका साथै २१९ स्वास्थ्य सुविधाहरू, ५८१ शैक्षिक सुविधाहरू, ४३४ मन्दिरहरु २९० कार्यालय भवनहरू र १४५ पुलहरू क्षतिग्रस्त भएका छन् ।

यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले शुक्रबार आचेहको विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकताहरू पूरा गर्न काम गरिरहेको बताएका छन् ।

विपद्को समयमा सबैले मिलेर स्थितिमा सुधार गर्ने आशा व्यक्त गर्दै सरकारले आवाश्यक  सहयोग गर्ने प्रबोवोले बताए।  

उनले सबै नागरिकहरूलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा आफ्नो उत्साह कायम राख्न आह्वान गर्दै बालबालिकाका लागि पढाइ र सिकाइ लगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कन सक्ने आशा व्यक्त गरे । 


Facebook Comments