विवादमा परेपछि महान्यायाधिवक्ता भण्डारी निलम्बित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २८ गते २३:००
Image of https://mayorsap.com/storage/photos/shares/sabita-bhandari-eso607xlww.jpg

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो संस्थाको सदस्यबाट निलम्बन गरेको छ ।

सार्वजनिक पदमा रहँदा विवादमा जोडिएपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

संस्थाका एक सदस्यका अनुसार, ‘सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उहाँको पदलाई तत्काल स्थगनमा राखिएको छ ।’

भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्य थिइन् ।


Facebook Comments