दोस्रो पटक बीपीएल खेल्दै सन्दीप लामिछाने
राजशाही वारियर्समा अनुबन्धित
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते ०३:२६
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग–स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) को आगामी संस्करणमा अनुबन्धित भएका छन् । उनलाई राजशाही वारियर्सले आफ्नो टोलीमा भित्र्याएको हो ।
सन्दीपलाई अनुबन्ध गरेपछि वारियर्सले सार्वजनिक रूपमा ‘नेपालले खेल मात्र हेर्नेछैन, प्रतियोगिताको हिस्सा समेत हुनेछ’ भन्दै उत्साह व्यक्त गरेको छ ।
सन्दीपको यो दोस्रो बीपीएल सहभागिता हो । यसअघि उनले सन् २०१९ मा सिल्हेट सिक्सर्सका लागि खेलेका थिए ।
पुस ११ गतेबाट सुरु हुने यस लिगको उद्घाटन खेलमा सन्दीपको टोली राजशाही वारियर्सले सिलेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
आइसिसी टी–२० विश्वकपअघि यो फ्रेन्चाइज लिग खेल्न लागेका सन्दीपले यसअघि भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, पाकिस्तानको पीएसएल, वेस्ट इन्डिजको सीपीएल र क्यानडाको ग्लोबल टी–२० जस्ता विश्वका प्रमुख लिगहरू खेलिसकेका छन् ।
Facebook Comments