स्याउला काट्न जंगल गएका ७२ वर्षीय वृद्धाको भिरबाट लडेर मृ-त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १२:११
बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मंगलबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments