बित्थडचिरका पूर्व प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
१४ लाख ६६ हजार बिगो मागदाबी
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १८:४३
बझाङ । बित्थडचिर गाउँपालिका–१ स्थित खेल मैदान निर्माण तथा सुधार कार्यमा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
अख्तियारले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकाे हाे ।
वास्तविक काम नगरी झुट्टा नापी किताब, नक्कली बिल र कागजात तयार गरी दोहोरो रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले १४ लाख ६६ हजार ५०३ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी पनि गरेको छ ।
अख्तियारले स्थानीय तहका विकास निर्माणमा हुने यस्ता अनियमिततामाथि आफ्नो अनुसन्धान र कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।
Facebook Comments