जेनजी आन्दाेलान: मानवअधिकार आयोगमा साढे दुई घण्टा लगाएर ओली दिए बयान

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते २०:४०
Image of https://mayorsap.com/storage/photos/shares/kp-oli_3.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान लिएकी हुन् ।

थापाले ओलीसँग गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष भएको नाताले त्यसक्रममा गरेका कामकारबाही सम्बन्धी प्रश्नमा बयान दिएका हुन् ।

कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले गर्नुपर्ने काम, कर्तव्य र भूमिकाबारे दिउँसो ४ बजेदेखि साँझ ६:३० बजेसम्म बयान लिइएको आयोले जनाएकाे छ।

त्यस्तै ओलीले आजै जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष लिखित बयान पनि दिएका छन् । बयानका लागि आयोगको टोली ओलीकै निवास गुण्डु पुगेको थियो ।


Facebook Comments