रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या बढ्दै
मेयरसाप डेस्क
|
२०८२ पुष २१ गते १०:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेकाहरुबाट उम्मेदवारी फिर्ता लिनेको संख्या बढ्दै गएको छ । हालसम्म आधा दर्जनले उम्मेदवारी फिर्ताको घोषणा गरिसकेका छन् । आज सामाजिक सञ्जालमा डा.अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ताको घोषणा गरेको जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ ।’
यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको हो । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।
Facebook Comments