जेलमा रहेका टोपबहादुर रायमाझी उम्मेदवार सिफारिस
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १६:५३
बुटवल । नेकपा एमाले अर्घाखाँचीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले रायमाझीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
रायमाझीसँगै एमालेले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम पनि केन्द्रमा पठाएको छ ।
हाल पुर्पक्षका लागि कारागारमा रहेका नेतालाई नै पार्टीले पुनः चुनावी मैदानमा उतार्ने प्रस्ताव गरेपछि राजनीतिक वृत्तमा यसको निकै चर्चा सुरु भएको छ ।
Facebook Comments