कांग्रेस विशेष महाधिवेशन पुस २७–२८ गते हुने

User Image मेयरसाप डेस्क | २०८२ पुष २३ गते १५:००
Image of https://mayorsap.com/storage/photos/shares/congress-bises-mahadhibesan-press-meet-npl-11-x6v1juz6fn.jpg

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले आगामी पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ ।

महाधिवेशन पक्षधरहरूद्वारा गठित सूचना प्रसार उपसमितिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमबारे औपचारिक जानकारी दिएको हो ।

महाधिवेशन पक्षधरका तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने स्पष्ट पारे ।

पार्टीको आन्तरिक सुदृढीकरण र विशेष परिस्थिति भन्दै यो समूहले आधिकारिक नेतृत्वभन्दा फरक ढङ्गले आफ्नो गतिविधि अगाडि बढाएको छ ।


Facebook Comments