रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ

कपन प्रहरी प्रभागले बुढानीलकण्ठ १० बाट नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

No Author Assigned | २०८१ साउन ७ गते २०:५३
Image of storage/news/1721707687.jpg

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।

 

कपन प्रहरी प्रभागले बुढानीलकण्ठ १० बाट नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

 

घलेलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 


Facebook Comments