आयोगले भन्यो–बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराउनु अघि राजीनामा दिनु पर्दैन
उम्मेदवारी दर्ता गराएपछि जनप्रतिनिधिहरुको पद स्वतः गुम्ने
मेयरसाप डेस्क
|
२०८२ पुष २८ गते १६:५९
काठमाडौं। निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले अर्को निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिइराख्नु नपर्ने बताएको छ । आयोगले सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराउनु अघि राजीनामा दिइराख्नु नपर्ने स्पष्ट पारेको हो ।
बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर्ता गराएपछि उनीहरुको पद स्वतः गुम्ने भएकाले अगाडि नै राजीनामा दिइरहनु नपर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार सङ्घीय संसदको सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभाको सदस्य वा नगर सभाको सदस्य पदमा बहाल रहेको व्यक्तिले सङ्घीय संसद वा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिनेछ।
यसको अर्थ, उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पहिले नै राजीनामा बुझाउनु नपरे पनि मनोनयन दर्ता गरेको क्षणबाटै उनीहरूको साविकको पद खारेज हुनेछ।

Facebook Comments