कांग्रेसमा विवाद मिलाउन संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी

केन्द्रीय कार्यसमितिको बैठक सारियो

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते १०:००
Image of https://mayorsap.com/storage/photos/shares/gagan-bishwo_1.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने समय सारिएको छ। आज बिहान ११ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अब दिउँसो १ बजेलाई सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।  

संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी रहेकाले बैठक सारिएको हो । बिहान साढे ८ बजेदेखि लाजिम्पाटमा संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी छ ।

छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षधरबाट नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्। 


Facebook Comments