पाल्पाको रिब्दीकोटमा टिपर दु*र्घटना हुँदा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते ०९:५५
Image of https://mayorsap.com/storage/photos/shares/accident_1.jpg

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको  टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो । मृतकको  ठेगाना भने खुलेको छैन । मृतक चालक हुन् वा अन्य कोही हुन् भन्ने भने एकिन हुनसकेको छैन । गाडीमा अरु पनि सवार थिए/थिएनन् भन्ने कुरा खुल्न नसकेको छैन । घटनास्थलमा खोला र झाँडी भएकाले खोजीकार्य भइरहेको  छ ।

टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको हो । नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर बिहान ४ः०० बजे दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी चौकी हार्थोक र  अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो । बिहानै अँध्यारो भएकाले अनुसन्धानमा कठिनाइ भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए । 


Facebook Comments