फुटेर होइन, जुटेर मात्र राष्ट्रिय पहिचान जोगिन्छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते १८:०३
Image of https://mayorsap.com/storage/photos/shares/prachanda_2.jpeg

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका शक्तिहरू एकताबद्ध नभए मुलुक पुनः राजनीतिक दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन् ।

बुधबार आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले हालसम्म २० वटा विभिन्न दल र समूहहरूबीच एकता भइसकेको जानकारी दिए ।

“हामी इतिहासको गम्भीर मोडमा छौँ,’ प्रचण्डले भने, “एकताबद्ध भए मात्र राष्ट्रको पहिचान र जनताको निर्णयको अधिकार जोगाउन सकिन्छ ।’

उनले यो एकता केवल वामपन्थी र समाजवादीहरूको मात्र नभई हिमाल, पहाड र मधेसका जनतालाई जोड्ने राष्ट्रिय एकता भएको दाबी गरे ।

प्रचण्डले अबको मुख्य लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गर्दै जनतासँगै मिलेर उत्पादनका कार्यमा जोडिने संकल्प समेत व्यक्त गरे ।

विगतका गल्ती र दुर्घटना नदोहोरियोस् भन्नका लागि नै बृहत् कम्युनिस्ट एकताको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।


Facebook Comments