बकैया कपमा आज दुई खेल हुँदै

User Image दिक्षान्स खड्का | २०८२ माघ १ गते १०:२६
Image of https://mayorsap.com/storage/photos/shares/bakaiya_1.jfif

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालन भइरहेको सातौँ बकैया कप २०८२ अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । आजको पहिलो खेल दिउँसो १ बजे वडा नं–७ र वडा नं–२ बीच हुनेछ। यस खेलपछि दिउँसो ३ बजे वडा नं–५ र वडा नं–४ बीच दोस्रो खेल हुने आयोजकले जानकारी दिएको छ।  

यस वर्षको सातौं सस्करणको प्रतियोगितादेखि बकैया कपमा पुरुष र महिला दुवै तर्फका टिमहरूको सहभागिता रहेको छ। पुरुषतर्फ प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यस्तै महिलातर्फ विजेता टिमलाई ५० हजार रुपैयाँ र उपविजेता टिमलाई २५ हजार रुपैयाँ नगद पुरस्कार साथै प्रमाणपत्र  प्रदान गरिने बकैया खेलकुद बिकास समितिका संयोजक बिजय लामा थिङले बताए । 
 


Facebook Comments