गगन नेतृत्वको कांग्रेसद्वारा निर्वाचन घोषणापत्र समिति गठन

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १४:०३
Image of https://mayorsap.com/storage/photos/shares/gagan-k-thapaa.jfif

काठमाडौं । विशेष महाधिवेशनपछि निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकले आगामी निर्वाचनका लागि महत्त्वपूर्ण समितिहरू गठन गरेको छ ।

बैठकले सभापति थापाकै संयोजकत्वमा ‘निर्वाचन घोषणापत्र समिति’ निर्माण गर्ने निर्णय गरेको छ । प्रवक्ता देवराज चालिसेका अनुसार, पहिलो बैठकले सांगठनिक र निर्वाचन लक्षित तयारीलाई तीव्रता दिने उद्देश्यका साथ यी निर्णयहरू गरेको हो ।

यसैगरी बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा ‘निर्वाचन परिचालन समिति’ गठन गर्ने निर्णय समेत गरेको छ । 

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको वैधानिकता सुनिश्चित गर्नका लागि वर्तमान केन्द्रीय समितिलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने प्रक्रिया तत्काल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।


Facebook Comments