संविधान उत्कृष्ट भन्नेहरू अवसरवादी हुन् : ढुंगाना

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/shares/z1iqiuxoyi.jpg

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले गत भदौ २३ र २४ गतेको युवा विद्रोहको उपलब्धि अर्थहीन निर्वाचनमा मात्रै सीमित भएको टिप्पणी गरेका छन् । बिहीबार माइतीघरमा आयोजित प्रदर्शनका क्रममा बोल्दै उनले देशमा पात्र मात्र नभई समग्र प्रणालीमै समस्या रहेको जिकिर गरे ।

नयाँ भनिएका शक्तिहरूले सुरुमा संविधानको विरोध गरे पनि अहिले निर्वाचन नजिकिएसँगै आफ्नो स्वार्थका लागि यसैलाई उत्कृष्ट भन्न थालेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । युवाका वास्तविक भावनालाई नजरअन्दाज गरेर देशलाई अन्त्यहीन निर्वाचनको रटतिर मात्रै धकेलिएको उनको दाबी छ । 

ढुंगानाका अनुसार, अहिलेको संविधानले काम गर्न खोज्ने व्यक्तिको पनि हात बाँधिदिने भएकाले यसलाई सच्याउनु अनिवार्य छ । निर्वाचनले मात्र देशको वर्तमान स्थितिमा कुनै तात्विक फेरबदल ल्याउन नसक्ने भन्दै उनले प्रणालीगत सुधार विना निकास पाउन गाह्रो हुने बताए ।

विद्रोहको मुख्य शब्द र एजेन्डा यथावत् रहे पनि शासकहरूको बोली फेरिएको उल्लेख गर्दै उनले वर्तमान व्यवस्था र नेतृत्वले युवा पुस्ताको अपेक्षा सम्बोधन गर्न नसकेको तर्फ ध्यानाकर्षण गराए ।


Facebook Comments