‘गगन समूहको आधिकारिकता दाबी लोकतन्त्रमाथिको षड्यन्त्र’
दलबलसहित निर्वाचन आयोग पुग्याे देउवा पक्ष
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते ११:५५
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको समूह आधिकारिकताका लागि निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्र र संविधानमाथिको षड्यन्त्र भएको बताएका छन् ।
शुक्रबार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूको दलबलसहित आयोग पुगेका खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमिति नै वैधानिक र आधिकारिक भएको जिकिर गरे ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर आधिकारिकता पुष्टि गर्ने आवश्यक कागजात बुझाउँदै खड्काले परिवर्तनका उपलब्धिहरूमाथि प्रहार भइरहेको आरोप लगाए ।
सञ्चार माध्यममार्फत अर्को समूह आयोग पुगेको जानकारी पाएपछि संस्थापन पक्षले आफ्नो दाबीलाई बलियो बनाउन सक्रियता देखाएको हो । कांग्रेसभित्रको यो शक्ति सङ्घर्षले निर्वाचन आयोगमा कानुनी र राजनीतिक दबाब बढाएको छ ।
Facebook Comments