काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
बालेनकै पार्टीबाट चुनाव लड्ने घोषणा
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १३:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाण्डेले आगामी माघ ४ गतेदेखि लागू हुने गरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष राजीनामा बुझाएका हुन् ।
महानगरको प्रहरी प्रशासनमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका पाण्डे अब प्रत्यक्ष राजनीतिमा होमिने भएका छन् । राजीनामाको विषयमा जानकारी दिँदै पाण्डेले आफू आगामी निर्वाचनमा काठमाडौंकै कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा रहेको बताए ।
विशेष गरी मेयर बालेन्द्र शाह (बालेन) आबद्ध राजनीतिक दलबाटै चुनाव लड्ने उनको योजना छ । हालसम्म निर्वाचन क्षेत्र निश्चित नभए पनि काठमाडौंका मतदाताबीच आफ्नो बलियो उपस्थिति रहने पाण्डेको विश्वास छ ।
Facebook Comments