निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते २०:०४
Image of https://mayorsap.com/storage/photos/shares/conress.PNG

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । योसँगै विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । 

 


Facebook Comments