देउवा समूहले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते २१:४३
Image of https://mayorsap.com/storage/photos/shares/congress_5.jpg

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले  केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।

सूचनामापार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ । आज निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेको छ । त्यसलगत्तै बैठक बोलाइएको हो । 

 

 


Facebook Comments