कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते ०७:४८
Image of https://mayorsap.com/storage/photos/shares/congress_5.jpg

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।  विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

बैठक आज बिहान ८ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सूचनामा पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।  


Facebook Comments