भक्तपुरमा धारिलो हतियार प्रहार गरेर छोराले गरे आमाको ह*त्या

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते १०:४०
Image of https://mayorsap.com/storage/photos/shares/hatya_4.jpg

काठमाडौं । भक्तपुरमा शुक्रबार राति एक जनाले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेका हुन् ।

धनुषाको मिथिला नगरपालिका–११ घर भएका प्रविणको आक्रमणबाट घाइते भएकी आमाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आमामाथि आक्रमण गरेपछि प्रविणले आफ्नै टाकोमा पनि धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments