प्रधानमन्त्री बन्न लालायित बालेनलाई के भन्छन् नगरबासी ? (भिडियो)

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते ११:२९
Image of https://mayorsap.com/storage/photos/shares/mayor-balen5.png

साढे तीन वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएर लौरो चुनाव चिन्हमार्फत बालेन्द्र शाह अर्थात बालेन निर्वाचित भएका थिए । पाँच वर्ष महानगर बनाउँछु, परिवर्तन गर्छु भन्दै नागरिकको भरोसा जितेका बालेनले आफ्नो कार्यकालको साढे तीन वर्षमा मेयरबाट बिट मार्दैछन् । काम गर्न डेढ वर्ष बाँकी रहँदै मेयर पद त्यागेर बालेन आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन लड्ने तीव्र तयारी गरिरहेका छन् ।

काठमाडौंबासीका लागि बालेनले गरेका बाचा साढे तीन वर्षमा के कति पूरा गरे ? के–के गर्न सकेनन् ? बीचमै कार्यकाल छाडेर संघीय सांदस बन्ने बालेनको महत्वकांक्षालाई उनका मतदाताले कसरी लिएका छन् ? यी नै विषयमा मेयरसापको टिमले काठमाडौं महानगरका विभिन्न क्षेत्रमा पुरेर नगरबासीका प्रतिक्रिया लिएको छ। 

नगरबासीको बालेनप्रतिको धारणा तलको भिडियोमा हेर्न सक्नुहुनेछ । 


Facebook Comments