कांग्रेसमा आधिकारिकता विवादः देउवा समूह आज सर्वोच्च जाँदै

No Author Assigned | २०८२ माघ ५ गते ०९:१९
Image of https://mayorsap.com/storage/photos/shares/congress_6.jpg

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाँदै छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध देउवा पक्ष आज सर्वोच्च जान लागेको हो ।

शनिबार सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

 आयोगको निर्णय कांग्रेसको विधान विपरीत दूषित मनसायले गरेको देउवा पक्षको निष्कर्ष छ । अदालतबाट आफूहरूले न्याय पाउने विश्वास देउवा पक्षले लिएका छन् ।  


Facebook Comments