बाजुराको गौमुलमा एक घरमा आगलागी

User Image गोविन्द तिमिल्सेना | २०८२ माघ ४ गते ११:३१
Image of https://mayorsap.com/storage/photos/shares/aag.jfif

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–२ कुहुडामा आइतबार बिहान एक घरमा आगलागी भएको छ ।

स्थानीय ३० वर्षीय विष्णु रोकायाको तीनतले घरमा बिहान ६ बजे विद्युतको तार सर्ट भई आगलागी भएको हो ।

खरले छाएको उक्त घरमा लागेको आगोका कारण घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय घटमुनाबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ ।

आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । प्रहरीले घटनास्थल पुगेर क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको जनाएको छ ।


Facebook Comments