रास्वपा कार्यालयमा बालेनको इन्ट्री, कार्यकर्ता उत्साहित
बनस्थलीमा बालेनको क्रेज
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते १६:३१
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएलगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका छन् । राजीनामापछिको उनको यो पहिलो औपचारिक ‘इन्ट्री’लाई रास्वपा कार्यकर्ताले निकै उत्साहका साथ स्वागत गरेका छन् ।
दिउँसो १ बजे पुग्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि राजीनामा लगायतका प्राविधिक कारणले बालेन पौने ४ बजे मात्र कार्यालय पुगेका हुन् । लामो समयदेखि प्रतीक्षा गरिरहेका शुभचिन्तक र कार्यकर्ताको बाक्लो भिडका कारण उनलाई कार्यालयभित्र छिर्न समेत धौ–धौ परेको थियो ।
बालेनलाई देख्नेबित्तिकै कार्यकर्ताहरूले नाराबाजी र हुटिङ गर्दै स्वागत गरेका थिए । रास्वपाले उनलाई वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेसँगै बनस्थलीमा राजनीतिक सरगर्मी चुलिएको छ ।
Facebook Comments