बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १९:५७
Image of https://mayorsap.com/storage/photos/shares/baburam-Bhattarai-File-Photo-1024x576.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन् । गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन् ।

‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह 'खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले भनेका छन् ।

गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, एमालेबाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेस र रास्वपाले भने उम्मेदवार तय गरिसकेको छैन ।

 


Facebook Comments