वीरगञ्ज महानगरका मेयरसहित पूर्वमन्त्री यादव एमाले प्रवेश

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते ०८:२०
Image of https://mayorsap.com/storage/photos/shares/pradip-yadav.jpg

काठमाडौं । जसपा नेपालबाट वीरगञ्ज महानगरपालिकाको मेयर बनेका राजेशमान सिंह नेकपा एमाले प्रवेश गरेका छन् । उनी पूर्वमन्त्री प्रदीप यादवसँगै गएराति एमाले प्रवेश गरेका हुन् । यादवको नेतृत्वमा मेयर सिंहसहित जसपाका नेता कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादव, ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि ओलीसँगै सत्याच्युत भएका थिए । उनी पुनः पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् । 


Facebook Comments