मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १२:४०
Image of https://mayorsap.com/storage/photos/shares/accident_1.jpg

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय मिनीराजप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

उनको आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक विकले बताए। डुम्रेतर्फबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर निवासी १८ वर्षीय आदर्श लिम्बू घाइते भएका छन् । उनको टाउको र मुखमा चोट लागेको छ ।


Facebook Comments