रास्वपाले धादिङ–१ बाट आशिका तामाङलाई बनायो उमेद्वार
मेयरसाप डेस्क
|
२०८२ माघ ५ गते १४:०३
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले आशिकालाई उनकै जन्मथलो धादिङ–१ को उमेद्वार बनाएको हो ।
आशिकाले यसअघि काठमाडौं–२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उनले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ ।
Facebook Comments