Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

लामो खडेरीपछि काठमाडौंमा वर्षा

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १६:५८
Image of https://mayorsap.com/storage/photos/shares/pani-paryo.jpg

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बुधबार अपराह्न हल्का वर्षा भएको छ । यो वर्षको हिउँदमा लामो समयको प्रतीक्षापछि वर्षा भएको हो ।

मंसिर र पुस महिनाभरिको कडा सुक्खा र वायु प्रदुषणबाट आत्तिएका उपत्यकावासीलाई यो वर्षाले ठुलो राहत दिएको छ ।

लामो समयपछिको यो मौसमी परिवर्तनले धुलो र धुवाँ कम भई वातावरण स्वच्छ बन्ने अपेक्षा गरिएको छ ।


Facebook Comments