Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बालेनलाई महेशले भने– नेता होइन, जोकर !

User Image मेयरसाप डेस्क | २०८२ माघ १७ गते १६:०३
Image of https://mayorsap.com/storage/photos/shares/balen-mahesh.jpg

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको कडा आलोचना गरेका छन् ।

शुक्रबार राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले बालेन शाहलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तुलना गर्दै विदेशीको स्वार्थ पूरा भएपछि जोकरको उपमा पाउने टिप्पणी गरे ।

बस्नेतले भने, ‘आज युक्रेन गरिबीको चपेटामा छ र जेलेन्स्कीको अस्तित्व सङ्कटमा छ। नेपालमा पनि सिंगापुर बनाउँछु भन्ने जेलेन्स्कीहरू अहिले डबल अवतारमा लम्कीतिर घुमिरहेका छन्। विदेशीको स्वार्थ पूरा भएपछि उनीहरूले तिमी नेता होइनौ, जोकर हौ भन्नेछन्।’

उनले युवा पुस्तालाई यस्ता यस्ता बनावटी पात्रहरूबारे सचेत रहन आग्रह समेत गरे ।


Facebook Comments