लिचीबारी जग्गा प्रकरण : मालपोतका पूर्वप्रमुखलाई थुनामै राख्न माग
विशेषकाे आदेशविरूद्ध अख्तियारकाे पुनरावेदन
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १२:०४
काठमाडौं । पोखराको लिचीबारी जग्गा हिनामिना प्रकरणका मुख्य प्रतिवादीहरूलाई धरौटीमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त निवेदनको पेसी तोकिएको छ ।
विशेष अदालतले कास्कीका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारी र तुलसीराम बुढामगरलाई जनही ५–५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगोको तुलनामा धरौटी रकम अत्यन्तै न्यून भएको र यसले न्यायको मर्ममा प्रहार गरेको दाबी गर्दै दुवैलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा पुनरावेदन दिएको हो ।
अख्तियारले अधिकारीविरुद्ध ५३ लाख र बुढामगरविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी २०८२ असोज २२ गते मुद्दा दायर गरेको थियो । यसै प्रकरणमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रन्जिता श्रेष्ठसहितका व्यक्तिहरू समेत प्रतिवादी रहेका छन्।
Facebook Comments