गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

User Image मेयरसाप डेस्क | २०८३ वैशाख ७ गते १४:३८
Image of https://mayorsap.com/storage/photos/shares/sudan-gurung-4-1024x646.jpg

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादीत दिपक भट्टसँगको कनेक्सन र सेयर लगानी लुकाएको विषयमा चौतर्फि आलोचना र विरोध भएपछि बुधबार दिउँसो गुरुङले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

प्रधानन्त्री बालेन्द्र शाससँग भेटेर फर्किएपछि गुरुङले सामाजिक सञ्जाल फेसबुक पेजमा लामो स्टाटस लेख्दै पदभन्दा नैतिकता ठूलो भएकाले राजीनामा दिएको बताए ।

जाँदाजाँदै उनले मिडियाकर्मी तथा पत्रकारहरुमाथि भने चोटिलो प्रहार गरेका छन् । उनले लेखेका छन्, ‘कति मिडियाकर्मी साथीहरु को कहाँ कहाँ स्वीट शेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’


Facebook Comments