उद्योगमन्त्रीलाई पक्राउ गर्ने बालेनको प्रयास असफल, राजीनामा माग्दा राखिन् सर्त

रविको फोनले फेरियो खेल, आइजीपीले सम्झाए कानुन, नयाँ खुलासा !

User Image मेयरसाप डेस्क | २०८३ साउन ४ गते १५:०३
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_4.png

उद्योगमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गराउने प्रधानमन्त्री बालेन शाहको प्रयास असफल भएको छ । पेटा«ेलियम पदार्थको मूल्य घटाएको र सूचना चुहाएको आंशकामा मन्त्री यादवलाई पक्राउ गराउने बालेनको प्रयास विफल भएको हो । पक्राउ गराउने कदम रोकिएपछि प्रधानमन्त्रीले मन्त्री यादवसँग राजीनामा माग गरेको खुलासा भएको छ । राजीनामा माग गर्दा मन्त्री यादवले उल्टै सर्त राखेपछि सरकारभित्र खैलाबैला मच्चिएको छ ।

गत असार १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । यही निर्णयपछि प्रधानमन्त्री बालेन शाहलाई शंका उत्पन्न भएको दाबी गरिएको छ । स्रोतका अनुसार, मूल्य घटाउने निर्णय मन्त्री यादवले प्रधानमन्त्रीसँग समन्वय नगरी अघि बढाएको र निर्णय सार्वजनिक हुनुअघि सूचना पेट्रोलियम व्यवसायीसम्म पुगेको आशंका गरिएको छ । यद्यपि, यो आरोपको आधिकारिक पुष्टि भएको छैन, भने मन्त्री यादवले पनि यसबारे प्रतिक्रिया दिएकी छैनन् । 

यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले मन्त्री यादवमाथि कडा कदम चाल्न खोजेको दाबी गरिएको छ । असार १६ गते राति नै बालेनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई मन्त्री यादवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न निर्देशन दिएको विषय सार्वजनिक भएको थियो । मध्यरातितिर मन्त्री यादवको सिनामंगलस्थित निवास वरिपरि प्रहरी तैनाथ गरिएको बुझिन्छ । आफूविरुद्ध केही हुन सक्ने आशंका भएपछि मन्त्री यादवले तत्काल रास्वपा सभापति रवि लामिछानेलाई सम्पर्क गरेको दाबी गरिएको छ । त्यसपछि आईजीपी कार्कीले बहालवाला सांसद र मन्त्रीलाई पक्राउ गर्न संसद सचिवालयको अनुमति चाहिने कानुनी अड्चन देखाउँदै प्रधानमन्त्रीलाई सम्झाएर ब्याक गराएका थिए ।

रातारात पक्राउ गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले मन्त्री यादवलाई फोन गरेर राजीनामा दिन निर्देशन दिएको खुलासा भएको छ । मन्त्री यादवले आफू राजीनामा दिन तयार रहेको तर राजीनामा पत्रमा प्रधानमन्त्रीले मन्त्री पक्राउ गर्न दिएको आदेश र राजीनामा माग्नुको वास्तविक कारण स्पष्ट रूपमा खुलाउने जवाफ फर्काइन् । मन्त्रीको यस्तो जवाफपछि तत्काल राजीनामाको प्रक्रिया अघि नबढेको बताइन्छ । साथै, राजीनामा पत्रमै कारण खुलाउँदा सरकार र प्रधानमन्त्रीको अस्वाभाविक हस्तक्षेप छताछुल्ल हुने डरले सल्लाहकार कुमार बेन र प्रधानमन्त्री शाह पछाडि हट्न बाध्य भएका हुन् ।

प्रधानमन्त्रीको त्रासमा परेकी मन्त्री यादवलाई रास्वपा सभापति लामिछानेले ढाडस दिएपछि उनको मनोबल बढेको छ । सभापति लामिछानेसँग भेटेर प्रधानमन्त्री कार्यालयको कार्यशैलीबारे कुराकानी गरेपछि मन्त्री यादव राजीनामा नदिई नियमित काममा फर्किएकी छन् । सरकार गठन भएयता उद्योग मन्त्रालयलाई लिएर पनि विभिन्न चर्चा हुँदै आएका छन् । गौरीकुमारी यादव मन्त्री नियुक्त हुनुअघि प्युठानबाट निर्वाचित रास्वपा सांसद सुशान्त वैदिकलाई मन्त्रालयमा सक्रिय भूमिका दिइएको, उनका लागि छुट्टै कार्यकक्षसमेत खडा गरिएको थियो । यादव मन्त्री बनेपछि पनि उनी मन्त्रालयमा आउने–जाने गरेका थिए । तर, प्रधानमन्त्री बालेन र मन्त्री यादवबीच दूरी बढेपछि त्यो गतिविधि पनि कम भएको बताइन्छ ।

यसबीच प्रधानमन्त्री कार्यालयबाट मन्त्रालयहरूमा हुने हस्तक्षेपलाई लिएर पनि प्रश्न उठ्न थालेका छन् । केही कर्मचारी र नेताहरूले मन्त्रालयका निर्णयमा प्रधानमन्त्री सचिवालयको प्रभाव अत्यधिक बढेको गुनासो बढेको छ । सरकार पक्षले भने यसलाई सरकारको कामलाई छिटो र प्रभावकारी बनाउन गरिएको समन्वयका रूपमा व्याख्या गर्दै आएको छ । तर, पछिल्ला घटनाक्रमले मन्त्रीहरू स्वतन्त्र रूपमा काम गर्न नपाएको स्पष्ट देखिन्छ ।


Facebook Comments