तिहारकै बीचमा एनपीएलको घम्साघम्सी, क्यानले सार्वजनिक गर्यो तेस्रो संस्करणको मिति

प्रत्येक टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्न सुरु कस्ले उचाल्ला तेस्रो संस्करणको ट्रफि?

User Image मेयरसाप डेस्क | २०८३ साउन २४ गते १२:३५
Image of https://mayorsap.com/storage/photos/shares/npl.png

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणको मिति घोषणा गरेको हो ।

क्यानका सचिव पारस खड्काले प्रेस विज्ञप्तिमार्फत एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन् । अर्थात्, एनपीएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म चल्नेछ । दशैंपछि सुुरु हुने एनपीएल तिहारका बेला पनि चलिरहकै हुनेछ । यसअघि एनपीएल तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको थियो ।

क्यानले प्रतियोगिताको मिति घोषणा गरे पनि अहिलेसम्म खेल तालिका भने सार्वजनिक गरेको छैन । तिहारका दुई दिनबाहेक अन्य दिनमा खेल सञ्चालन गर्ने तयारी क्यानले गरिरहेको बताइएको छ ।

एनपीएलका लागि खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । अहिले आठ ओटै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम समेत सुरु गरिसकेका छन् ।

यसअघि एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । 


Facebook Comments