पुरातात्विक संरचनामा असर पार्ने अवैध संरचना ७ दिनमा हटाउन काठमाडौं महानगरको अनुरोध (सूचनासहित)

काठमाडौं महानगरको सम्पदा तथा पर्यटन विभागले मंगलबार एक सूचना जारी गर्दै विश्व सम्पदा क्षेत्रमा सुचीकृत काठमाडौं दरबार क्षेत्र भित्रका अवैध संरचना ७ दिन भित्र हटाउन अनुरोध गरेको हो।

No Author Assigned | २०८१ साउन ८ गते २१:५५
Image of storage/news/1721726328.jpg

काठमाडौं महानगरपालिकाले पुरातात्विक संरचनाहरुलाई नकरात्मक असर पार्ने अबैध संरचनाहरु हटाईदिन अनुरोध गरेको छ ।

 

काठमाडौं महानगरको सम्पदा तथा पर्यटन विभागले मंगलबार एक सूचना जारी गर्दै विश्व सम्पदा क्षेत्रमा सुचीकृत काठमाडौं दरबार क्षेत्र भित्रका अवैध संरचना ७ दिन भित्र हटाउन अनुरोध गरेको हो।

 

विभागले विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरवार क्षेत्र भित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अबैध संरचनाहरु ७ दिन भित्र हटाई महानगरपालिकालाई जानकारी गराउान पनि भनेको छ । 

 

 

 


Facebook Comments