भरतपुर महानगरले वैदेशिक रोजागारीबाट फर्केकालाई कृषिमा अनुदान दिने

भरतपुर महानगरले चालु आर्थिक वर्षको बजेटदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई कृषि पेसामा आकर्षित गर्न यस्तो व्यवस्था गरेको हो।

No Author Assigned | २०८१ साउन १० गते १९:०७
Image of storage/news/1721969690.jpg

चितवनको भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा अनुदान दिने भएको छ ।


भरतपुर महानगरले चालु आर्थिक वर्षको बजेटदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई कृषि पेसामा आकर्षित गर्न यस्तो व्यवस्था गरेको हो। कृषि तथा पशुविकास शीर्षकअन्तर्गत महानगरले वैदेशिक रोजगारीबाट फर्केकालाई उपकरण खरिद, कृषि तथा पशुबिमा, प्रविधि हस्तान्तरणलगायतमा अनुदान दिन ६ करोड महानगरले विनियोजन गरेको छ ।

 

‘वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बिमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ६ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

 


Facebook Comments