बारेकोट गाउँपालिकामा सुत्केरीलाई निःशुल्क यातायात
एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्ने, असहज परिस्थितलगायत कारणलाई ध्यान दिँदै पालिकाले सुत्केरीलाई स्वास्थ्य चौकी पुग्न समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।
No Author Assigned | २०८१ साउन १३ गते १३:३२
बारकोट गाउँपालिकाले पालिकाका सबै सुत्केरीलाई सही समयमा स्वास्थ्य संस्था पुग्नका लागि एकतर्फी यातायात सेवा निःशुल्क गरेको छ ।
एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्ने, असहज परिस्थितलगायत कारणलाई ध्यान दिँदै पालिकाले सुत्केरीलाई स्वास्थ्य चौकी पुग्न समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । सुत्केरीलाई पालिका बाहिर लिएर उपचार गर्नुपरेमा एकतर्फी यातायात दर्च पालिकाले व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पालिकाले मातृ तथा नवशिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित सुत्केरी ओसारपसार गर्न निःशुल्क प्रसूति सेवा एम्बुलेन्स प्रदान गर्ने नीति लिएको छ ।
Facebook Comments