ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ, १८ लाखभन्दा बढी नगद बरामद

मोरङको ग्रामथान गाउँपालिका–४ बाट पूर्वअध्यक्ष शिवनारायण माझीसहित नौ जना व्यक्तिलाई जुवा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

No Author Assigned | २०८१ भदौ ३० गते २३:०९
Image of storage/news/1726383859.jpg

मोरङको ग्रामथान गाउँपालिका–४ बाट पूर्वअध्यक्ष शिवनारायण माझीसहित नौ जना व्यक्तिलाई जुवा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको छ। 

 

प्रहरीले उनीहरूको साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, र १५ वटा मोबाइल बरामद गरेको छ।

 

शनिबार राति बाँसको घारीभित्र बनाइएको अस्थायी टहरामा जुवा खेलिरहेको अवस्थामा पूर्वअध्यक्ष माझीसहित महेश साह, युवक राई, किशोर साह, ऋतुवर्ण नेम्वाङ, जनककुमार मास्के, प्रताप राई, अहिलाल माझी, र लोकनाथ सापकोटालाई पक्राउ गरिएको हो।

 

शिवनारायण माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।


Facebook Comments