पनौती नगरपालिकामा पशुपन्छी बिमा निःशुल्क, नगरपालिकाले व्यहोर्ने सम्पूर्ण खर्च

नगरपालिकाभित्र रहेका करिब एक लाख ५० हजार पशुपन्छीको बिमा शुल्क नगरपालिकाले नै व्यहोर्ने भएको हो।

No Author Assigned | २०८१ भदौ ३१ गते २२:५४
Image of storage/news/1726477204.jpeg

काभ्रेपलाञ्चोक- पनौती नगरपालिकाले किसानका पशुपन्छीहरूको बिमा शुल्क निःशुल्क गरेको छ। नगरपालिकाभित्र रहेका करिब एक लाख ५० हजार पशुपन्छीको बिमा शुल्क नगरपालिकाले नै व्यहोर्ने भएको हो।

 

नेपाल सरकारले उपलब्ध गराउने ८० प्रतिशत अनुदानबाहेक बाँकी २० प्रतिशत शुल्क पनि पनौती नगरपालिकाले नै तिर्ने निर्णय गरेको छ। यसअघि नगरपालिकाले ५० प्रतिशत मात्रै व्यहोर्दै आएको थियो। आइतबार पनौती नगरपालिका–५ बाट यो कार्यक्रमको शुभारम्भ गरिएको छ। 

 

नगरप्रमुख रामशरण भण्डारीले एउटा भैँसीको कानमा ट्याग लगाएर निःशुल्क पशुपन्छी बिमा कार्यक्रमको उद्घाटन गरेका हुन्। नगरप्रमुख भण्डारीले किसानहरूको आर्थिक सुरक्षा र उन्नतिका लागि यो योजना सुरु गरिएको बताए।


नगरपालिकाका पशु विकास शाखा प्रमुख डा। दीपिका रेग्मीका अनुसार नगरपालिकाभित्र रहेका एक लाख कुखुरा, ३० हजार बाख्रा, १० हजार गाई, ६ हजार भैंसी र २ हजार ५ सय बंगुरको निःशुल्क बिमा हुनेछ।


Facebook Comments