प्रतिनिधिसभा बैठक बस्दै, प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
मेयरसाप सम्पादकीय
|
२०८१ फागुन ११ गते ०४:१८
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने वनमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
Facebook Comments