रूपा चक्रपथ दोस्रो खण्डको शिलान्यास सम्पन्न
कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठुलीबेँसी–देउपुरबेँसी–पोल्याङ सडक (रूपा चक्रपथ) को दोस्रो खण्डको शिलान्यास भएको छ।
No Author Assigned | ११ महिना अगाडि
पोखरा। कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठुलीबेँसी–देउपुरबेँसी–पोल्याङ सडक (रूपा चक्रपथ) को दोस्रो खण्डको शिलान्यास भएको छ।
संघीय र गण्डकी प्रदेश सरकारको बजेटबाट सुरु भएको यो योजना ४७ करोड १८ लाख ९१ हजार रुपियाँ लागतमा निर्माण गरिनेछ। १६.१२९ किलोमिटरको यो सडकले लमजुङ, तनहुँ र कास्कीको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
शिलान्यास समारोहमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीले संयुक्त रूपमा उद्घाटन गरे। मन्त्री केसीले समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै प्रदेश सरकारको सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन।
यो सडक खण्डको निर्माण २०८३ माघ १६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
Facebook Comments