कृषि र पशुपालनबाट मासिक १५ हजारसम्म कमाउँछन् पौवादुङमाका महिला

'उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम' सफल

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १३:४८
Image of https://mayorsap.com/storage/photos/shares/photo-5.jpg

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ मार्फत महिलाहरूलाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईको नेतृत्वमा सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरिएको छ ।

महिलाको क्षमता र उपलब्ध स्रोतअनुसार गाईपालन, बङ्गुर पालन, बाख्रा पालन, कुखुरा पालन, सागसब्जी तथा फलफूल खेती, गँड्यौला मल उत्पादन र साना उद्योग सञ्चालनलगायतका सीपमूलक तथा आयमूलक गतिविधिहरू सञ्चालन भइरहेका छन् ।

स्थानीय देउकुमारी तामाङले यो कार्यक्रमले गर्दा आफूलाई उद्यममा जोडिन सहज भएको र गाईपालनबाट मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्न थालेको बताइन् ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गाउँपालिका उपाध्यक्षको नेतृत्वमा ’महिला विकास बोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिएको छ, जसमा हरेक कार्यक्रममा महिलालाई अनिवार्य सहभागी गराउने व्यवस्था छ ।


Facebook Comments