रत्न राजमार्गको अतिक्रमण हटाइयो, अपाङ्गमैत्री संरचना निर्माण गरिने
२१ मिटर भित्रका संरचना भत्काइँदै
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते १६:३२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ ।
उपमहानगरले बिपीचोकदेखि धम्बोझी चोकसम्म राजमार्गको क्षेत्राधिकारभित्र पर्ने २१ मिटरभित्रका संरचनाहरू हटाउन थालेको हो ।
नगरप्रमुख प्रशान्त विष्टका अनुसार उक्त क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाइएको हो ।
उपमहानगरपालिकाले उक्त स्थानमा हरियाली प्रवर्द्धन गर्न रुख बिरुवा रोप्ने र डेढ वर्षभित्र गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ ।
४९ लाख ५० हजारमा ठेक्का लगाइएको यो कामअघि उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरिएका जग्गा खाली गर्न आग्रह गरेको थियो ।
Facebook Comments