निर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपति पौडेलद्वारा स्वीकृति
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते २१:०९
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णय बमोजिम सेनालाई निर्वाचन सुरक्षा कार्यमा लगाइने भएको हो ।
निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायको सहयोगमा नेपाली सेना परिचालन गरिएकाे बताइएकाे छ ।
Facebook Comments