कर्णालीले विराटनगर किंग्सलाई दियाे १६१ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर १२ गते २०:०१
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन जोड्यो ।
ओपनर प्रियांक पाञ्चालले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । उनलाई १७औँ ओभरमा विकेटकिपर साहिल पटेलले रनआउट गरे । पाञ्चालले विल बोसिस्टोसँग मिलेर दोस्रो विकेटका लागि ९६ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
अन्तिमसम्म टिक्दै विल बोसिस्टोले ४८ बलमा नटआउट ४८ रन बनाए । गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै १० बलमा २० रनको योगदान दिए भने नाजिबुल्लाह जाद्रानले १२ रन जोडे ।
विराटनगरका लागि मस्र्याङ डि लाङ र कप्तान सन्दीप लामिछानेले समान १–१ विकेट लिए । अङ्कतालिकामा दोस्रो स्थानमा रहेको विराटनगरलाई पराजित गर्न कर्णालीका बलरले कस्तो प्रदर्शन गर्छन्, त्यो हेर्न बाँकी छ ।
Facebook Comments