स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते २१:०७
Image of https://mayorsap.com/storage/photos/shares/download-5_1.jpg

पर्सा । प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।


Facebook Comments